नयाँ सरकार बन्ने भएपछि शेयर बजारमा उत्साह, नेप्से १०० अंक बढीले उचालिंदा लाग्यो दोस्रो सर्किट !

Advertisement

काठमाडौं । सत्ता समीकरण फेरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि आज शेयर बजार ह्वात्तै उचालिएको छ । 

नयाँ बन्ने सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ । सोमबार रातिमात्रै एमाले र काँग्रेस गठबन्धनको सरकार बन्ने सहमति भएको थियो । 

Advertisement

आज बिहान ११ बजे शेयर बजार खुले लगत्तै नेप्से १०० अंक भन्दा बढी उचालिई सकेको छ । 

शेयर बजारमा कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने । 

 

Advertisement

Advertisement