शेयर बजार ६७.७५ अंकले उचालियो, एकै दिन साढे ६ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर उकालो चढिरहेको छ । यो साता पहिलो दिन बजार घट्दा बाँकी ४ दिन बजार बढेको थियो । समग्रमा बजार यो साता ६७.७५ अंकले उचालिएको छ । 

सत्ता समीकरण फेरिने चर्चाबीच शेयर बजारमा भने उत्साह थपिउको छ । प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमाले र नेपाली काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन् । नयाँ प्रधानमन्त्रीमा एमालेका केपी ओलीलाई बनाउने सहमति छ भने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा पछि बजारमा एकखालको उत्साह छाएको देखिएको छ । 

Advertisement

यता, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पूँजीबजारमा देखिएको हो । ‘शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ, उनले भने । 

यसैक्रममा साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले बढेको हो । बजार उचालिएसँगै कारोबार रकम पनि ह्वात्तै बढेर करीब साढे ६ अर्ब पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४६ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २११९.६९ अंकमा पुगेको हो । 

समग्रमा बजार उचालिए पनि आज वित्त र उत्पादनमूलक समूह क्रमशः ०.५९ र ०.१५ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.४३ अंकले बढेको छ । 

undefined

आज ३१३ कम्पनीका २ करोड २१ लख ६७ हजार ६ सय ७८ कित्ता शेयर किनबेच हूँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८०.६४ रुपियाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.२३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३७ प्रतिशतले घाटा व्यहोरका छन् । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ९ लाख ४ हजार ६ सय ९४ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो आइतबार बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ, सोमबार १६.२९ अंकले बजार बढ्दा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ,  मंगलबार ४७.०४ अंकले बजार बढ्दा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २०.०९ रुपियाँ र हिजो बुधबार ३.७९ अंकले बजार बढ्दा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement