निर्वाचन आयुक्त नियुक्तिको सुनुवाइ स्थगित, चार उजुरीकर्तासँग छलफल गरिने

Advertisement

काठमाडौँ । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

समितिले आज उनीविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए । 

Advertisement

आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यहार  गरेको आरोप लगाएकी छन् । प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । 

Advertisement

Advertisement