एकीकृत समाजवादीमा फेरि माधव नेपाल अध्यक्ष

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा फेरि माधव नेपाल अध्यक्ष भएका छन् । बिहीवार सम्पन्न सो पार्टीको महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

महाधिवेशनले झलनाथ खनाललाई पुनः सम्मानित नेता, घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा उठेका भुसाल महासचिव पाउने भएपछि पछि हटेका थिए । कुल २९९ सदस्यीय केन्द्रीय कमिटिमा केही पदाधिकारी चयन गर्न बाँकी रहेको जनाइएको छ । 

Advertisement

खनालले जानकारी दिँदै भने, ‘अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रीय कमिटिमा २९९ सदस्यमा निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’

Advertisement

Advertisement