हिमालयन लघुवित्तद्वारा ८४५ जना छात्राछात्रलाई शैक्षिक सामग्री  वितरण

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय संस्थाले ्शुक्रबार प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा यसवर्ष पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । 

Advertisement

कार्यक्रम अन्तर्गत झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र र्याक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र गरी १२औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको हो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

Advertisement

Advertisement