प्रतिकित्ता रु ५०० मा एनचीएचएलको ३१.६०० हजार कित्ता संस्थापक शेयर लिलामीमा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस (एनचीएचएल) को संस्थापक शेयर लिलामीमा ल्याएको छ । 

बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपियाँमा खरिद गर्न पाउने गरी ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । 

Advertisement

यस लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त) ले खरिद आवेदन दिन पाउनेछन् । 

शेयर बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

इच्छुक लगानीकर्ताले आज (असार २१) देखि २५ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

Advertisement

Advertisement