प्रचण्ड अल्पमतमा परेसँगै रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीले आज राजीनामा दिँदैछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् । 

Advertisement

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो । सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ । 

हाल सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । त्यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

हिजो मात्रै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आठ मन्त्रीले राजीनामा दिएका थिए । योसँगै प्रचण्ड अल्पमतमा परेका छन् ।

Advertisement