भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रद्वारा जुनियर नापी तालिमका लागि २४ प्रशिक्षार्थी माग

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले दरखास्त आह्वान गरेको छ । 

केन्द्रले आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्नुपर्ने एक वर्षे अवधिको जुनियर नापी तालिममा खुला प्रतिस्पर्धाका आधारमा प्रशिक्षार्थी छनौट गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

Advertisement

खुलातर्फ १४ जना र समावेशी तर्फ १० जना गरी कुल २४ जना प्रशिक्षार्थी माग गरिएको छ । 

इच्छुक र योग्य नेपाली नागरिकले साउन २५ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ । साथै, दोब्बर दस्तुर तिरी थप एक हप्तासम्म दरखास्त दिन सकिने केन्द्रले जनाएको छ । 

undefined


 

Advertisement

Advertisement