मारुती​ सिमेन्ट्सको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

Advertisement

काठमाडौं । मारुती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । 

कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

सोही प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बिहान साढे ११ बजे विराटनगरमा साधारणसभा बोलाएको छ ।

सभाले गत आव २०८०/८१ कम्पनीको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको १ लाख रुपियाँभन्दा माथिको रकम अनुमोदन, विभिन्न बैंकबाट लिएको ऋण तथा सोही आवमा गरेका निर्णय पारित गर्नेछ । 
 

Advertisement

Advertisement