ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा

Advertisement

काठमाडौं । उपाधि दाबदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको खेलमा उरुग्वेले टाइब्रेकरमा ब्राजिललाई हराउँदै  सेमिफाइनलमा प्रवेश गरेको हाे । 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४–२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

Advertisement

त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । 

अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन मात्र अर्जेन्टिनाले इक्वेडर तथा क्यानडाले भेनेजुएलालाई पराजित गरेका थिए । 

यी दुवै पहिलो सेमिफाइनलमा खेल्नेछन् ।

Advertisement

Advertisement