बाढी र पहिरोले राष्ट्रिय राजमार्गका २७ खण्ड अबरुद्ध, ५ खण्ड तत्काल खुलाउन नसकिने

Advertisement

काठमाडौं । बर्षातका कारण आएको बाढीका कारण देशका मुख्य राजमार्गका २७ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएका छन् । 

नेपाल प्रहरीले उपलब्ध गराएको आइतबार बिहान ११ बजेसम्मको तथ्यांकले यस्तो देखाएको हो । त्यसमा ५ वटा सडक खण्ड तत्काल वा बर्षाभर खुल्न नसक्ने गरि अवरुद्ध भएको छ । 

Advertisement

प्रहरीका अनुसार ललितपुर जिल्लाको बामगती–३ मा पर्ने कान्ती लोकपथ राजमार्गको सडक खण्ड पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध छ । यो बाहेक कोशी लोकमार्ग, चामे–बेशीशहर, बेनी–जोमसोम, कालिण्डकी करिडोडर लगायतका मुख्य राजमार्गहरुको २७ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध छन् । 

त्यसमा संखुवासभाको मकालु गाउँपालिका–३ स्थित उत्तर दक्षिण कोशी लोकमार्ग बर्षाभर नखुल्ने देखिएको छ । यसैगरि सोही जिल्लाकै भोटखोला–४ स्थित कोशी राजमार्गको सडक खण्ड पनि बर्षाभरी नखुल्ने प्रहरीले बताएको छ । उक्त दुई सडक खण्ड बाढीका कारण अवरुद्ध छन् । 

यस्तै, रसुवाको स्याफ्रुबेशी–थाम्बुचेत सडक खण्ड पनि १० दिनसम्म नखुल्ने देखिएको छ । यो सडक आमाछोदिङ्गो गाउँपालिका–५ मा पहिरो आएर अवरुद्ध छ । यसैगरी चामे बेशिसहर सडक खुल्न पनि ६ दिन लाग्ने बताइएको छ । मनाङको चामे गाउँपालिका–१ स्थित खण्डमा बाढी आएपछि यो सडक अवरुद्ध छ । 

यस्तै, स्याउलीवा बाग्दुला सडकको प्यूठान नौवहिनी गाउँपालिका–१ मा पर्ने खण्ड पनि बर्षभरी नखुल्ने अवस्था पुगेको छ । उक्त सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको छ । यी बाहेक १७ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् । यसरी बर्खाका कारण सडक अवरुद्ध हुदाँ यात्रुहरुले दुःख पाइरहेको प्रहरीले उल्लेख गरेको छ ।  

 

undefinedundefined

Advertisement

Advertisement