बाढी पीडितका लागि कृषि विकास बैंकदेखि बिवाईडीसम्मले गरे तीन करोडभन्दा बढी सहयोग

Advertisement

काठमाडौं । सरकारको दैवी प्रकोप उद्धार कोषमा आज (शुक्रबार) एकै दिन रु तीन करोडभन्दा बढी रकम सहयोग जुटेको छ । 

प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारमा भेटेर विभिन्न वित्तीय संस्था र निजी क्षेत्रका संस्थाका अध्यक्ष, सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

Advertisement

कोषमा कृषि विकास बैँकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी)बाट रु ५१ लाख रकम हस्तान्तरण भएको छ । 

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

Advertisement

Advertisement