उचालियो शेयर बजारः नेप्से २१४०.९७ अंकमा, ६ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले उचालिंदा कारोबार ६ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आज आइतबार बजार २१.२७ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से २१४०.९७ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि विकास बैंक, वित्त र ट्रेडिङ समूह क्रमशः ०.२४, २.०७ र २.२३ प्रतिशतले घटेका छन् । बाँकी अरु सबैमा हरियाली छाएको छ । सबैभन्दा बढी होटल समूह २.९६ प्रतिशतले बढेको छ । 

आज ३२५ कम्पनीका १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ बराबरको कारोबार भएको छ । 

सीईडीबी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२५ प्रतिशतले नाफा कमाए भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको उच्च कारोबार  भएको छ । उक्त कम्पनीको २१ करोड ७१ लख ४८ हजार ८ सय १.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको  छ । 
   
 

Advertisement

Advertisement