सत्ताधारी कांग्रेस र एमालेले बाढी पहिरो पीडितका लागि दिए ५०–५० लाखको चेक

Advertisement

काठमाडौं । सत्ताधारी प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५०–५० लाख रुपियाँ सहयोग गरेका छन् । दुवै दलका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण गर्न काँग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली सिंहदरबार पुगेको थियो । सो पार्टीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझाव पनि बुझाउनुका साथै सरकारको दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख (सो पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत) हस्तान्तरण गर्यो ।

Advertisement

सो अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताएका थिए । विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने उनले बताए । 

त्यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले ओलीलाई आज भेटेर रु. ५० लाखको चेक हस्तान्तरण गर्यो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । 

Advertisement

Advertisement