नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको २०औं वार्षिक साधारण सभाबाट आगामी एक वर्षका लागि शुभम् भट्टराईको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । 

गत शुक्रवार सम्पन्न साधारण सभाबाट संजिव सिक्देल प्रथम उपाध्यक्ष, रोमन कट्टेल द्धितीय उपाध्यक्ष, संयम श्रेष्ठ कोषाध्यक्ष, रितेष खनाल कार्यक्रम संयोजक, उकृष्ट भट्टराई लर्निङ सेसन संयोजक चयन भएका छन् । त्यसैगरी आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया संचार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार, नबिन झुनझुनवाला कार्यसमिति सदस्य र संगिता धमला सचिवालय प्रमुखमा चयन भएकी हुन् ।  

Advertisement

प्रमुख अतिथि कोशी प्रदेशका मूख्यमन्त्री हिक्मतकुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण, आर्थिक विकास एवम् स्थायित्वका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । 

नेपाली युवा उद्यमी मंच विराटनगरका नबनिर्वाचित अध्यक्ष भट्टराईले युवाहरु परिवर्तनका सम्वाहक भएकाले आर्थिका समृद्धि र औद्योगिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने वताए । उनले  प्रविधिको वढदो विकास र यससंग सम्वन्धीत स्टार्टअपहरुमा युवाले पु¥याएको योगदानलाई मध्यनजर गरी कुनैपनि अवसरबाट यस वर्गलाई वंचित नगर्न अनुरोध गरे । 

नेपाली युवा उद्यमी मंच विराटनगरका निवर्तमान अध्यक्ष रंजित भगतले नबनिर्वाचित अध्यक्ष्ँलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा मंचले उद्यमशिलता विकासका सन्दर्भमा नया आयाम थप्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाली युवा उद्यमी मंचका राष्ट्रिय अध्यक्ष शाहरा जोशीले सन २००३ मा स्थापित मंचको हाल ११ वटा च्याप्टरमा एक हजार भन्दा वढी युवा उद्यमी आवद्ध रहेको बताउँदै आगामी दिनमा अन्य शहरहरुमा समेत विस्तार गरी युवा लक्ष्ँित कार्यक्रम गर्दै लैजाने वताईन् । 

विशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेलले नबनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिए । 

Advertisement

Advertisement