राशिफलः आज (असार २४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल आषाढ महिनाको २४ गते सोमबार, आषाढ शुक्लपक्षको तृतीया तिथि ।

मेष 
यात्रामा उल्झनहरु झल्नु पर्ने र बादबिबाद हुने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि आक्रोशले भरिएको व्यक्तित्व हुने हुँदा सानो विषय पनि सहन नसक्ने स्वाभाव हुने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनमा लाभ मिल्ने छ । आर्थिक कमाईमा बृद्धि हुने छ । शेयर बजार फलदायी रहने छ । 

Advertisement

वृष
पेशागत क्षेत्रमा नसोचेका उल्झनहरु आउँदा मानसिक तनाव खेप्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद उत्पन्न हुन जाने छ । राम्रै गर्न खोज्दा खोज्दै पनि अपजस आउने छ । शेयर बजार औसत प्रकृतिको रहने छ । लक्ष्य प्राप्तिमा केन्द्रीत हुन खोज्ने स्वाभाव भने देखा पर्ने छ ।

मिथुन 
बौद्धिक व्यक्तित्व हुने छ । समाजबाट सम्मान प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । जसले गर्दा बुझ्दा बुझ्दै पनि जुध्नु पर्ने विषयमा जुध्ने तागत आउने छैन् । पेशागत र व्यावसायिक जीवनमा भने धैर्यतापूर्वक पाइला चाल्नु होला । शेयर बजार फलदायी रहने छ ।

कर्कट
शारीरिक कमजोरीले गर्दा उर्जाको अभाव हुने छ । बोलीमा कडापना हुने भएकाले संयमित रहनु होला । पैतृक सम्पत्तिका विषयमा झैझगडा उत्पन्न हुने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । शेयर बजार सकारात्मक रहने छ । 

सिंह
स–सानो विषयलाई पनि अति गम्भीरतापूर्वक लिने स्वाभावका कारण मनमा भारीपना रही रहने छ । परिवारका सदस्यहरुले भने एक आपसमा सहयोग गर्ने स्वाभाव कायम रहने छ । बोलीको  प्रभावकारीतामा गिरावट आउने छ । पेशागत र व्यावसायिक जीवन मध्यम खालको रहने छ । शेयर बजार औसत तर केही सकारात्मक रहने छ । शेयर भने शुभ रहने छ । 

कन्या
शारीरिक कमजोरीले सताउने छ । मनोबलमा पनि गिरावट आउने हुँदा दृढताको अभाव हुने छ । पेशागत जीवनमा पनि अस्थिरता उत्पन्न हुन पुग्ने छ । बोली प्रभावकारी नहुने भएकाले बोलीको प्रयोग संयमित भएर गर्ने तर्फ ध्यान दिनु होला । शेयर बजारमा धेरै जोखिम मोल्ने समय देखिँदैन् । 

तुला
धेरै जोखिमयुक्त कदम चाल्ने समय छैन् । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । स–साना विषयमा जुध्दा जुध्दै उर्जा खेर जाने हुँदा शारीरिक र मानसिक थकानको अनुभुति बढि हुन पुग्ने छ । शेयर बजार भने सकारात्मक रहने देखिन्छ ।

वृश्चिक
प्रभावकारी बोलीका कारण अरुमा सजिलै प्रभाव पार्न सकिने छ । तर भाग्यको बलियो साथ नरहेकाले कतिपय स–साना खालका र छिट्टै अघि बढ्ने ठानिएका विषयमा उल्झनहरु देखा पर्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । पेशागत क्षेत्र मध्यम तर स्थिर रहने छ । शेयर बजार जोखिमपूर्ण रहने छ ।

धनु 
संयमित भएर पाइला चाल्ने बेला रहेको छ । धेरै जोखिम भन्दा भई रहेका कामहरुलाई धान्ने तर्फ शक्ति केन्द्रीत गर्नु उपयुक्त हुने छ । मनमा दुविधा र अन्योलताले सताउने छ । साझेदारीमा गरिएका कामहरुबाट शुभ परिणामहरु प्राप्त हुने छ । पेशागत जीवनबाट पनि केही सकारात्मक नतिजाहरु देखा पर्दा सन्तोष मिल्ने छ । शेयर बजार फलदायि रहने छैन् । 

मकर 
बोली प्रभावकारी हुने छ । भाग्य बलियो रहेका कारण सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । जसको प्रयोगबाट पेशागत उन्नतिमा मद्धत पुग्ने छ । आफ्नो पेशाप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा झिनो बृद्धि देखा पर्ने छ । शेयर बजार पनि अनुकुल रहने छ । 

कुम्भ 
बोलीको प्रभावकारीतामा कमि आउने छ । परिवारका सदस्यहरु बीच बादबिबाद र तनाव देखा पर्ने छ । आत्मबलले भरिएको व्यक्तित्व हुने छ । पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । शेयर बजार पनि औसत अवस्थाको रहने छ । 

मीन
सहज व्यक्तित्व रहने छ । आँटिलो खालको व्यक्तित्व बन्ने छ । गरेका काम नतिजामुखि बन्ने छ । कमाईका विषयमा प्रगति हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । आफु भन्दा माथिका व्यक्तिहरुको विश्वास प्राप्त हुने छ । शेयर बजार औसत प्रकृतिको हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement