आजदेखि वर्षामा कमी आउने, यी स्थानमा भने भारी वर्षाको सम्भावना

Advertisement

काडमाडौं । अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले सक्रिय मनसुनमा कमी आई वर्षा पनि कम हुने बताएको छ ।

Advertisement

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक -दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारण बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।   

त्यस्तै, राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागको भनाइ छ ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।   

वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन पनि अनुरोध गरेको छ।

Advertisement

Advertisement