तेह्रथुम पावरको ३२.१६ लाख कित्ताको ‘लक इन’ साउन २७ मा सकिँदै

Advertisement

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि आगामी साउन २७ गते सकिँदै छ । 

हाल ‘लक इन’ मा २८ लाख कित्ता संस्थापक, चार लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर रहेको छ । 

Advertisement

‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) मा निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँट गरेको थियो । यसरी सर्वसाधारणमा शेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ ।
 

Advertisement

Advertisement