बीमा कम्पनीहरुमा परिसक्यो दुई अर्ब ६७ करोडको दाबी, सवा सात अर्बसम्मको दाबी पर्ने अनुमान

Advertisement

काठमाडौं । केही दिन अघिको बाढी पहिरो कारण भएको क्षतिले निर्जीवन बीमा कम्पनीहरुमा मात्रै साढे दुई अर्ब रुपियाँ भन्दा बढीको दावी परेको छ । 

लघु बीमासहित बिभिन्न नौ वटा निर्जीवन बिमा कम्पनीमा दुई अर्ब ६७ करोड ७२ लाख ९४ हजार रुपियाँ बराबरको ७०९ वटा दावी परेको नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको हो । 

Advertisement

यसमा निर्जीवन बीमा कम्पनीहरुको मात्रै तथ्यांक छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन ।

असोज ११ गतेदेखि १२ गतेसम्म भएको बर्षाले आएको बाढी, पहिरो र डुबानले निजी घर, बिभिन्न स्टोर रुम, पसल, सवारी साधान, ऊर्जा परियोजना लगायतमा ठूलो क्षति भएको छ । त्यसमा बीमा गरेकाहरुले सो बराबरको दावी पेश गरिसकेका छन् । यद्यपि त्यो बढ्दो क्रममा छ । बीमा कम्पनीहरुमा सात अर्ब २८ करोड ८५ लाख रुपियाँ बराबरको दुई हजार ३३७ वटा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

हालसम्म दि ओरिएन्टलमा एक अर्ब ४४ करोड १० लाख रुपियाँ बराबरको १४७ वटा, नेकोमा ८९ कारेड ८४ लाख २७ हजार रुपियाँ बराबरको २२३ वटा, एनएलजीमा १२ करोड ६ लाख २० हजार रुपियाँ बराबरको ६० वटा, युनाइटेडमा सात करोड ४४ लाख ४० हजार रुपियाँ बराबरको १७० वटा, प्रभुमा चार करोड १७ लाख रुपियाँ बराबरको ८३ वटा र राष्ट्रिय बीमा कम्पनीमा नौ करोड ६० लाख रुपियाँ बराबरको १२ वटा दावी परेको छ ।

यस्तै, लघुबीमातर्फ स्टार माईक्रोमा ३३ लाख ७५ हजार रुपियाँ बराबरको सात वटा, ट्रस्ट माइक्रोमा १५ लाख २० हजार रुपियाँ बराबरको चार वटा र प्रोटेक्टीभ माइक्रोमा एक लाख रुपियाँ बराबरको तीन वटा दावी परेको छ । 

यद्यपि, कम्पनीहरुमा सात अर्ब २८ करोड ८५ लख १९ हजार रुपियाँ बराबरको दुई हजार ३३७ वटा दावी पर्ने अनुमान गरिएको छ । बीमा कम्पनीहरुको प्रारम्भिक निरीक्षणले तथा प्राप्त सुचनाको आधारमा यस्तो अनुमान गरिएको हो । 

सिदार्थ प्रिमियरमा एक अर्ब ८१ करोेड चार लाख रुपियाँ बराबरको ३१९ वटा, दि ओरिएन्टलमा एक अर्ब ४४ करोड १० लाख रुपियाँ बराबरको १४७ वटा, हिमालयन एभरेष्टमा एक अर्ब १७ करोड ४१ लाख रुपियाँ बराबरको २१६ वटा, नेकोमा ८९ करोड ८४ लाख रुपियाँ बराबरको २२३ वटा, शिखरमा ४६ करोड ५८ लाख रुपियाँ बराबरको ३२२ वटा, नेशनलमा २३ करोड ६६ लाख रुपियाँ बराबरको २५ वटा, आईजीआई प्रुडेन्सीयलमा २० करोड ६४ लाख रुपियाँ बराबरको २४८ वटा, नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख रुपियाँ बराबरको १२८ वटा, एनएलजीमा १२ करोड ६ लाख बराबरको ६० वटा र युनाइटेड अजोडमा सात करोड ४४ लाख ४० हजार बराबरको १७० वटा दावी पर्ने अनुमान गरिएको छ । एनएलजी र युनाइटेड अजोडमा अनुमान गरिएको अनुसार सबै दावी आइसकेको छ । 

यस्तै, सगरमाथा लुम्बिनीमा ६३ करोड रुपियाँ बराबरको २९१ वटा, प्रभुमा चार करोड १७ लाख रुपियाँ बराबरको ८३ वटा र सानिमा जिआईसीमा दुई करोड ८६ लाख रुपियाँ बराबरको ८८ वटा दावी पर्ने अनुमान गरिएको छ । 

यस्तै, लघुबीमातर्फ स्टार माईक्रोमा ६१ लाख ३६ हजार रुपियाँ बराबरको ७ सात वटा, ट्रस्ट माइक्रोमा नौ लाख २० हजार रुपियाँ बराबरको चार वटा, नेपाल माइक्रोमा चार लाख रुपियाँ बराबरको तीन वटा र प्राटेक्टीभ माइक्रोमा एक लाख ३० हजार बराबरको तीन वटा दावी पर्ने अनुमान गरिएको छ । यद्यपि, यो तथ्यांक थपघट हुन सक्नेछ । 

प्राप्त दावी पछि कम्पनीहरुले बीमायोग्य क्षतिको मुल्यांकन गरेर दावी भुक्तानी दिनेछन् । यद्यपि, पछिल्लो विपद्ले बीमितलाई परेको समस्यालाई लक्षित गर्दै अग्रिम भुक्तानीको व्यवस्था गर्ने कम्पनीहरुको तयारी छ । 
 

Advertisement

Advertisement