सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घटेको हो । 

आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेर प्रतितोला १ लाख ४५ हजार ४०० रुपियाँको रेकर्ड बनाएको थियो भने आज प्रतितोला १ लाख ४५ हजारमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । 

यसैगरी चाँदी हिजो जस्तै आज पनि प्रतितोला प्रतितोला १ हजार ८ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement