गोर्खा सैनिकले दशैंपछि अन्तर्राष्ट्रिय अदालत पनि जाने र देशभर आन्दोलन चर्काउने

Advertisement

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । 

आइतबार पत्रकार सम्मेलन गरेर बिगेसोले दशैं–तिहारपछि देशैभरी आन्दोलन गर्ने घोषणा समेत गरेको हो । सदियौंदेखि ब्रिटिस गोर्खा सैनिकहरुले समसया खेप्दै खाएको भन्दै संगठनका पदाधिकारीले आजभन्दा २० महिना पहिले सर्वोच्चले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरहको समान सेवा सुविधाका लागि पहल तथा कार्यान्वयन गर्न सरकारलाई आदेश दिए पनि कार्यान्वयन नभएको गुनासो गरे  । 

Advertisement

बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफूहरुले अदालतको आदेश कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । लिम्बुले आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधिनता र मानव अधिकारसँग सम्बन्धित बिषय भएकाले आफूहरुले कार्यान्वन गराउन कुनै पनि हत्कण्डा अपनाउने चेतावनी दिए ।

पछिल्लो समय गोर्खा सैनिकहरुलाई पनि गैरआवासीय नेपाली नागरिकको स्तरमा झार्नुले पनि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्न्त्रको गन्ध आएकोले सबै चनाखो हुनुपर्ने पनि उनले बताए ।

बिगेसो प्रमुख सल्लाहकार परि थापाले सदियाँैदेखि गोर्खाहरुलाई शासकहरुको निजी स्वार्थपूर्तिको हतियारकारुपमा बुझेको बताए । उनले भने, ‘तत्कालिन राणादेखि आहिलेको गणतन्त्रसम्म पनि शासकहरुको सोँच र ब्यवहार मानव तस्करकै रहेको छ । तर अब यसलाई भत्काउनु पर्छ । गोर्खा सैनिकहरुलाई बस्तुको रुपमा विदेशीले प्रयोग गरे पनि नेपालीले त्यसलाई भत्काएर समान सेवा र सुविधाको लागि पहल गर्नुपर्नेमा गरिएन ।’

विगेसोका कानुनी सल्लाहकार अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन गर्न नदिन ठूलो षड्यन्त्र भएको बताए । अधिवक्ता कार्कीले विदेशीहरुले नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच राख्नु अब गलत हुने बताउँदै भने, ‘नेपालको सुप्रिम कोटले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौं ।’

बिगेसो सिंगापुर विभाग अध्यक्ष पलबहादुर घर्तिमगरले विज्ञप्ति गोर्खालीहरुलाई भरभराउँदो उमेर सैनिक बनाउने र सेवा, सुविधाबाट बञ्चित गरेर भविष्य बर्बाद गर्ने गरेको बताए । उनले भारत, बेलायत र विशेष गरेर सिंगपुरमा मानव तस्करीको तरिकाले गैरकानुनी रुपमा सरकारले युवाहरुलाई बिक्री गर्ने गरेको आरोप लगाउँदै भने, ‘हामीलाई बिक्री गरेर लग्छ र फाइदा खान्छ तर समस्याबारे सरकार चुइक्क बोल्दैन ।’

विगेसो सचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा लेखक तथा विगेसो सल्लाहकार रतन भण्डारी, विगेसो उपाध्यक्ष मनिकुमार सुनुवार, प्रवन्धक सन्तबहादुर गुरुङ, उत्तमकुमार सुनुवार, प्रमोद रोकालगायत थिए । 

Advertisement

Advertisement