तिलोत्तमामा माइक्रो दुर्घटना हुँदा आठ जना घाइते

Advertisement

सिद्धार्थनगर । रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । 

बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ शंकरनगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

Advertisement

बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम र अन्य सामान्य घाइते भएको बताइएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

Advertisement

Advertisement