राष्ट्रसंघको महासभामा भाग लिन श्रीमती राधिकालाई लिएर प्रम ओली अमेरिका प्रस्थान

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान गरेका छन् । श्रीमती राधिका शाक्यसहितको टोलीलाई लिएर ओली शुक्रबार दिउसो अमेरिका प्रस्थान गरेका हुन् । 

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, शहरी विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेललगायत मन्त्रीहरु पुगेका थिए । 

Advertisement

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने कार्यक्रम छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । 

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् । 

भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । ओली असोज १४ गते फर्किने कार्यक्रम छ । 

Advertisement

Advertisement