राष्ट्र बैंकमा जागिर खान आवेदन दिनेमध्ये १२४२ जनाको विवरण गलत, सच्याउन मिल्छ ?

Advertisement

काठमाडौं । राष्ट्र बैंकमा जागिर खान आवेदन दिएकामध्ये १२४२ जनाको कागजात अपुग रहेको पाइएको छ ।

राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ । 

Advertisement

विवरण गलत हुनेमा सहायक निर्देशक पदका ३३५, सहायक प्रशासन पदका ६६३ र सहायक सूचना प्रविधि पदका २२४ जना रहेका छन् ।

विवरण गलत भएका, कागजात अपुग रहेका उम्मेदवारले आफ्नो अनलाइन पोर्टल लगइन गरी त्यहाँ उल्लेख भएअनुसार विवरण पेस गर्नुपर्नेछ । विवरण असोज १० गतेभित्र पेस गरिसक्नुपर्नेछ । 

साथै, सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ ।

राष्ट्र बैंकले गत साउन ३२ गते मा एक सूचना प्रकाशित गरी रिक्त रहेका सहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ गरी कुल ५२ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । 

 


 

Advertisement

Advertisement