राशिफलः आज (असार २७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २७ गते बिहीबार, आषाढ शुक्लपक्षको पञ्चमी तिथि । आज विश्व जनसंख्या दिवस रहेको छ । 

मेष 
सबैको कल्याण होस् भन्ने सोचाई हुने छ । तर सो अनुरुपको भावना अरुले नबुझि दिँदा मनमा खिन्नता आउने छ । पेशागत जीवन मध्यम रहने छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने र रोग ब्याधिले सताउने छ । साझेदारीमा गरिएका कामबाट सन्तोष मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
मनमा दृढताको कमि हुने छैन् । आन्तरिक रुपमा बौद्धिक व्यक्तित्व हुने भए तापनि बाहिरबाट हेर्दा अरुले कमजोर महशुस गर्ने भएकाले अरुले हेप्न खोज्ने छन् । पेशागत जीवन अपेक्षाकृत स्थिर बन्न सक्ने छैन् । प्रभावकारी सञ्चार स्थापित गर्न कठिन हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
पेशागत जीवन सहज रुपमा अघि बढ्ने छ । कमाईमा पनि बढोत्तरी हुने छ । तर अरुबाट प्राप्त हुने विश्वासमा भने बृद्धि हुन नसक्दा अविश्वासी व्यक्तित्वका रुपमा चित्रण हुने छ । स्वास्थ्य अवस्थामा विचार पु¥याउनु होला । दाम्पत्य जीवनमा हल्का कटुताका क्रम देखा पर्ने छ । शेयर क्षेत्र औसत प्रकृतिको हुने छ । 

कर्कट
पेशागत जीवनमा उपलब्धि प्राप्त हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । बोलीको प्रभावले गर्दा  ठुलाबडाको विश्वास जित्न सकिने छ । आम्दानीमा पनि केही बृद्धि नै हुने छ । मानसिक रुपमा ज्यादा थकानको महशुस हुँदा योजनामा राखिएका कामहरुमा अवरोध आउने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

सिंह
खर्च धेरै बढ्न जाने छ । आम्दानी भन्दा खर्चको अवस्थामा आउने बृद्धिले घर परिवारमा आर्थिक दबाब सृजना गर्ने छ । पेशागत जीवनमा सोच विचार गरेर मात्र पाइला बढाउनु होला । भाग्य बलियो भएकाले प्रतिकुलतामा पनि मनोबल उच्च नै रहने छ । सम्पत्तिका विषयमा झैझगडाको अवस्था आउने छ । शेयर क्षेत्र चुनौतिपूर्ण हुने छ । 

कन्या
पेशागत जीवन औसत रहने छ । कमाई पनि बढ्ने छ । व्यक्तित्वको कदमा पनि बृद्धि हुँदा सामाजिक रुपमा सद्भाव प्राप्त गर्न सकिने छ । तर रिस धेरै हुने भएकाले संयमित नभए कठिनाईबाट गुज्रनु पर्ने छ । आफ्ना काममा मेहनत साथ काम गर्न मन लाग्ने छ । शेयर क्षेत्र सामान्य खालको रहने छ । 

तुला
पेशागत जीवन सहज हुने छैन्, धेरै संघर्ष गर्नुपर्ने छ । जसले गर्दा मनोबैज्ञानिक रुपमा दबाब महशुस हुने छ । स्वास्थ्य अवस्था कमजोर रहने छ । पारिवारमा किचलो हुने र यसले इज्यत प्रतिष्ठामा आँच आउने छ । साथिभाइको साथ भने मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ । 

वृश्चिक
पेशागत जीवन सामान्य रहने छ । औसत खालको कमाई हुने छ । साझेदारीमा गरिएका क्षेत्रमा विषयहरु जटिल देखिने छन् । विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ । परिवारमा सुमधुर वातावरणको कारण नयाँ नयाँ विचार र सृजना आउने छन् । शेयर क्षेत्र भने प्रतिकुल रहने छ । 

धनु 
पेशागत जीवनमा केही लाभ मिल्ने छ । विशेषगरी थप जिम्मेबारी प्राप्त हुने छ । मनोबलमा गिरावट आउँदा प्राप्त जिम्मेबारीको कर्तव्यबोधप्रति आफैप्रति शंका उत्पन्न हुने छ । दृढ भएर पाइला चाल्ने आँट गर्नु नै उचित देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा कमि देखिँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । साझेदारीमा गरिएका क्षेत्रमा आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मकर 
पेशागत जीवनमा आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । भाग्यको साथ कम रहेकाले सामान्य गति अनुसार पाईला चाल्नु नै बुद्धिमानी ठहरिने छ । व्यक्तित्व दुविधात्मक हुने छ । आम्दानीमा केही बृद्धि हुने हुँदा आर्थिक प्रणाली भने अनुकुल नै रहने छ । घर परिवारमा पैतृक सम्पत्तिका विषयमा रडाको मच्चिने छ । शेयर क्षेत्र औसत रहने छ । 

कुम्भ
पेशागत क्षेत्र औसत रहने छ । आम्दानीमा यथावत रहने छ । मनको भावना अरुले बुझ्न सक्ने छैनन् । पारीवारिक सदस्यहरुबीच तनावको अवस्था विद्यमान रहने छ । भाग्यहिनताका कारण बोलीको प्रभाव न्युन हुने छ । जथाभावी यात्रा गर्ने भन्दा कम यात्रा गरेकै राम्रो देखिन्छ । मनमा एक दालको दबाब महशुस रहने छ । शेयर बजारमा जोखिम रहने छ । 

मीन
पेशागत जीवन चुनौतिपूर्ण घटनाक्रम आइ लाग्ने छ । साझेदारीमा तिक्तता आउने हुँदा आर्थिक चुनौति रहने छ । कमाईमा पनि गिरावट आउने छ । उत्पन्न परिस्थितिप्रति संघर्ष गर्ने दृढता आउने छ । घर परिवारमा स्वास्थ्य अवस्था चुनौतिपूर्ण रहने छ । बद्नामीको अवस्था आउने भएकाले सतर्कता आवश्यक पर्ने देखिन्छ । शेयर क्षेत्र शुभ हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement