राशिफलः आज (भदौ २३) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको २३ गते आइतबार, भाद्र शुक्लपक्षको पञ्चमी तिथि । आज ऋषि पञ्चमी रहेको छ । आज सप्तऋषिको पूजा गर्ने गरिन्छ ।

मेष 
विदेश यात्राको सोचमा बृद्धि हुने छ । शैक्षिक तथा बौद्धिक क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । पेशागत जीवनमा केही उल्झनहरु आउने छन् । जीवनसाथिको साथसहित कार्य गरेमा मेहनत र पराक्रम बढ्न जाने भएकाले केही सफलता प्राप्त हुने छ । शेयर बजारबाट आँशिक लाभ प्राप्त हुने देखिन्छ । 

Advertisement

वृष 
ब्यक्तित्व बोल्ड बन्ने छ, तर अत्याधिक रिसाहा व्यक्तित्व पनि देखा पर्ने भएकाले यसमा भने ध्यान दिनुहोला । सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा सोचे जस्तो आम्दानी हुने छैन् । शेयर बजारमा निकै सोचेर मात्र लागानीको जोखिम लिँदा उत्तम हुने छ ।

मिथुन 
नेतृत्वमा सफलता मिल्ने छ । निजामति, न्याय, प्रशासनको क्षेत्रमा सक्रियहरुले सफलता तथा अभिवृद्धिको अवसर प्राप्त गर्ने छन् । फलाम, उद्योग, कलकारखाना, यातायात क्षेत्र, केमिकल्स आदी क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । शेयर कारोवारमा औसत लाभ प्राप्त हुने छ ।

कर्कट
व्यक्तित्वमा बोल्डपना विकास हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । भाग्यको साथ नभएको आभाष हुने छ भने यसले कार्य सफलतामा बाधा उत्पन्न हुने छ । छोटोछोटा यात्रा गर्ने अवसर मिल्ने छ । शेयर बजारको कारोवारमा विचार  गरेर मात्र अघि बढ्नु होला । 

सिंह
पुख्र्याैली सम्पत्तिका विषयलाई लिएर परिवारका सदस्यहरुमा कटुता देखा पर्ने छ । सेवा क्षेत्रमा संलग्न व्यक्तिहरुले लाभ प्राप्त गर्ने छन् । अस्वाभाविक विषयमा पराक्रमी स्वाभाव बृद्धि हुन पुग्ने भएकाले विचार गरेर मात्र शेयर बजार जस्ता जोखिमले भरिएका क्षेत्रमा लगानीबारे सोच्नु उत्तम हुने छ । ठेक्कापट्टामा सक्रियहरुलाई पनि लाभ प्राप्त हुने छ ।

कन्या
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । जीवनसाथिको साथले अघि बढेमा व्यवस्थापकीय क्षेत्रमा लाभ मिल्ने छ । पैतृक सम्पत्तिको परिचालनमा सफलता मिल्ने छ भने लाभ हुने छ । जोखिमपूर्ण निर्णयहरु लिन आँट आउने छ । 

तुला 
धन सम्पत्तिमा बृद्धि हुने छ । साझेदारीमा सफलता मिल्ने छ । जीवनसाथिका कारण धन धान्य बृद्धिमा मद्दत मिल्ने छ । शेयर कारोवार तथा सट्टोबाजीम उत्साह जाग्ने छ । भाग्यको अभिबृद्धि हुने भएकाले कार्यसफलता मिल्ने छ ।

वृश्चिक
भाग्यको साथका कारण आम्दानी बढ्ने छ भने सोचेका र योजना बनाएका महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छन् । धन धान्यमा बृद्धि हुने छ । धेरै चुनौतिले भरिएका निर्णयहरु लिँदा भने ध्यान दिनु पर्ने छ । साझेदारीमा द्वन्द देखा पर्ने छ । 
 
धनु 
कर्मको क्षेत्रमा पनि अभिबृद्धि हुने छ । नेतृत्वमा रहेका व्यक्तिहरुलाई अपजस आउने छ । पेशागत जीवनमा उल्झनहरु तथा आरोप प्रत्यारोप र अपमान लाग्ने छ । शेयर बजारको संलग्नताले केही लाभ प्रदान गर्ने छ ।

मकर 
दाम्पत्य साथ रहेमा आम्दानीमा बृद्धि हुन पुग्ने छ । फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । पेशागत सफलताबाट भाग्यको अभिबृद्धि हुन पुग्ने छ ।

कुम्भ 
अम्दानीमा बृद्धि हुने छ । कर्मशिलता बढ्ने छ भने मान सम्मान र कदर प्राप्त हुने छ । प्रशासनीक क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुलाई लाभ मिल्ने छ । अनुसन्धान तथा खोजमुल क्षेत्रका व्यक्तिहरुलाई पनि लाभ प्राप्त हुने छ । शेयर बजारको संलग्नता फलदायि हुन पुग्ने छ ।

मीन
मनमा अलि निराशा आउने छ, शिर भारी हुने तथा टाउकोसँग सम्बन्धी समस्याले सताउला । मेहनत र पराक्रममा भने बृद्धि हुने छ । पेशागत जीवनमा उल्झनहरु आउने भएकाले सतर्क रहनु होला । साझेदारीमा समस्याहरु देखा पर्ने छन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement