राशिफलः आज (असार २८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २८ गते शुक्रबार, आषाढ शुक्लपक्षको षष्ठी तिथि ।

मेष 
साहसिक व्यक्तित्व हुने छ । तर अरुको उक्साहटले गर्दा जोखिमपूर्ण कदमहरु उठाउन मनमा विचार भने आउने छ । आम्दानीमा केही बृद्धि हुने र मनोबलमा पनि उचाई थपिने छ । पेशागत जीवन औसत रहने छ । जीवनसाथिसँग भनाभन हुने छ । 

Advertisement

वृष
काल्पनिक विचारले अत्याधिक रुप लिने छ । जसले गर्दा मानिसहरुले भावनात्मक मानिसको रुपमा अनुभुत गर्ने छन् । पेशागत जीवनमा धैर्य रहनु होला । सवारीसाधन सम्बन्धि विषयमा विस्तारै हाक्नु नै उपयुक्त हुने छ । आर्थिक अवस्था असन्तुलित हुन पुग्ने छ । 

मिथुन 
नकारात्मक खालका सपनाहरुले गर्दा तनाव बढाउने छ । मनोबल उच्च हुने भएकाले समस्याहरुसँग जुधेर अघि बढ्न उर्जा मिल्ने छ । पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ । परिवारमा मिलन र प्रेम बढ्ने छ ।

कर्कट
रङ्ग रमाइलोमा सहभागि हुन पाइने छ । मिठामिठा खानेकुराहरुको उपभोग गर्न पाइने छ । साथिभाइको साथले गर्दा रोमाण्टिक मुड सृजना हुने छ । पेशागत जीवनमा भने केही अड्चनहरु आउने छन् । 

सिंह
आर्थिक लाभ प्राप्त हुने छ । तर प्राप्त रकम अनावश्यक क्षेत्रमा खर्च हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शत्रुतापूर्ण व्यावहारबाट सम्बन्धहरु कटुतापूर्ण बन्न पुग्ने छन् । प्रेममा धोकाका क्रम देखिने छन् वा शंका आशंकाका कारण तिक्तता बढ्न जाने छ । 

कन्या
प्रेममा सफलता मिल्ने छ । रहस्यमय खाले घटनाक्रमले गर्दा मनमा एक खालको तनाव थपिदिने छ । व्यावहारिक जीवनमा कठिनाइहरुको सामना गर्नुपर्ने छ । तर पनि भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने आउने छैन् । पेशागत जीवन सकारात्मक रहने छ ।

तुला
मित्रहरुबाट उपहार प्राप्त हुने छ । नयाँ नयाँ क्षेत्रको योजना बन्ने छ । परिवारमा सम्बन्धहरुमा सुधार आउने छ । अरुको लागि गरिएको सहयोगले आफ्ना लागि पनि सकारात्मक नतिजा दिन थाल्ने छ । पेशागत जीवनमा स्थिरता आउने छ । बोलीको प्रभाव बढ्ने छ ।

वृश्चिक
प्रेममा धोकाधडी हुने छ । आर्थिक लेनदेनमा पनि सतर्क रहनु होला । मान मर्यादामा ह्रास आउने छ । सामाजिक जीवनमा पनि भएको उचाईमा गिरावट आउने छ । पेशागत जीवनमा धैर्य रहनु होला ।

धनु 
कल्पनात्मक भावना हुने छ । सृजनात्मक क्षेत्रमा लागेकाहरुले नयाँ नयाँ सृजना गर्न सक्ने छन् भने अन्य क्षेत्रका लागि भने केवल कल्पना मात्रमा सीमित हुने छ । प्रेममा भने सफलता मिल्ने छ । न्याय क्षेत्रमा रहेकाहरुले समस्या खेप्नु पर्ने छ । 

मकर 
पश्चातापको विचार मनमा अत्याधिक हुने छ । पेशागत क्षेत्रमा अनेकौ लाञ्छनाहरुको सामना गर्नु पर्ने छ । खासगरी विपरित लिङ्गीसँगको व्यावहारमा विशेष सतर्क रहनु होला । आर्थिक क्षति व्योहर्नु पर्ने छ ।

कुम्भ
स्वदिला खानेकुरा खान पाइने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशाप्रति निष्ठावान व्यक्तित्व हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । यात्राका क्रममा समस्याहरु झेल्नु पर्ने छ । मित्रताको साथले निकै मद्दत मिल्ने छ ।

मीन
नयाँ कामको थालनी हुने छ । उत्साह र उमङ्ग आउने छ । अरुले कदर गर्ने छन् भने सामाजिक रुपमा पनि प्रतिष्ठा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति नभए पनि अवनति पनि हुने छैन् । सार्वजनिक सवारीसाधन तथा औद्योगिक क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement