माछापुच्छ्रे बैंकमा डीसीईओमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक संचालक समितिको बैंठकले साउन १ गतेबाट लागू हुने गरी प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोत्तर गरेका अर्यालसंग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्यालसँग यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभव रहेको छ ।  

Advertisement

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा  विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले  एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।  

दुबै जना आफ्नो बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।  

Advertisement

Advertisement