होटल हिल्टनको पूजा सम्पन्न, औपचारिक उद्घाटन दुई सातापछि

Advertisement

काठमाडौं । राजधानीको नक्सालमा निर्माण भएको १८ तले अग्लो होटल हिल्टन काठमाडौंको पूजा सम्पन्न भएको छ । होटल व्यवसायिक घराना शंकर समूहको लगानी रहेको होटलको शुभ मुहुर्त हेरी पूजा गरिएको हो । 

पण्डितहरुको सल्लाहअनुसार दिन हेरेर होटलको पूजा गरिएको यसका सञ्चालकहरुले बताएका छन् । पूजामा होटलका मुख्य लगानीकर्ता साहिल अग्रवाहलगायत सहभागी थिए । होटलको बुकिङ भने साउन ४ बाट सुरु हुनेछ । होटलको आइतबार ‘सफ्ट ओपनिङ’को तयारी गरिएको छ । 

Advertisement

आठ अर्ब रुपियाँ लगानीमा निर्माण भएको होटलको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ) आउँदो साउन ११ गते गर्ने जनाइएको छ । शंकर समूहको लगानी रहेको यो होटलको करिव सत प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै होटलको उद्घाटन संभवतः नेपालका लागि अमेरिकी राजदूतले गर्ने जानकारी दिएको छ । 

‘ग्राण्ड ओपनिङ’मा हिल्टन होटल्स एण्ड रिसोर्ट अमेरिकाबाट आउने प्रतिनिधि र नेपालीसहित दुई सयदेखि अढाई सयलाई आमन्त्रणको तयारी गरिएको जनाइएको छ । 

हिल्टन अमेरिकी अन्तर्राष्ट्रिय चेन हो । यद्यपि होटल हिल्टन काठमाडौंको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेड इङल्याण्डले गरेको छ । हिल्टन वर्ल्डले विश्वका १२३ भन्दा बढी शहरका होटल तथा रिसोर्टहरुको व्यवस्थापन गर्दै आएको छ ।  

यसअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको यो सुविधासम्पन्न होटल कोरोना महामारी लगायतका कारणले झण्डै तीन बर्ष ढिलो हुनुका साथै लागत समेत बढेको हो । सुरुमा यो होटलको लागत छ अर्ब ६८ करोड अनुमान गरिए पनि अहिले आठ अर्ब पुगेको सञ्चालकहरुको भनाई छ । 

शंकर ग्रुपको अधिकांश लगानी रहेको होटल हिल्टनमा साहिल अग्रवालले ९० प्रतिशत शेयर होल्डिङ गरेका छन् । कुल १७२ रुम रहेको यस होटलमा  छ वटा कार्यक्रम हल पनि छ । अर्को ठूलो हल पनि बनाउने तयारी गरिएको छ । 

कुल नौ रोपनी क्षेत्रफलमा रहेको होटल हिल्टन्मा पौडी पोखरी छतमा हुनेछ । पाँच तारे स्टरको सबै मापदण्ड र सुविधाहरु सबै होटल हिल्टन् काठमाडौंमा हुनेछ । हेल्थ क्लब, स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधाहरु हुने यसमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाका परिकारहरु उपलब्ध हुनेछ । 

होटलमा विवाह, सभा, बैठक सबै गर्न मिल्ने जनाइएको छ । दुई तले अण्डर ग्राउण्ड पार्किङ हुने हिल्टनमा नाइट क्लब पनि हुनेछ । होटलमा तीन सयको हाराहारीमा कर्मचारी हुने शंकर समूहको भनाई छ ।  

undefined

Advertisement

Advertisement