काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपियाँ नाफा कमाएको छ । गत आवमा कम्पनीले १७ करोड ५० लाख रुपियाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपियाँ पुगेको छ । बीमा कोषको आकार ७ अर्ब १९ करोड रुपियाँ छ ।
पहिलो त्रैमाससम्ममा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशतले बढेर ३१ करोड २१ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा १८ करोड ४३ लाख रुपियाँ थियो ।
१० अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८१ करोड ९५ लाख रुपियाँ रहेको छ भने शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपियाँ रहेको छ ।
असोज मसान्तसम्म कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ८.७१ रुपियाँ र प्रतिशेयर नेटवर्थ १५९.१६ रुपियाँ छ ।