साउन महिनाको ब्याजदरः १३ वाणिज्य बैंकले घटाए, २ वटाले बढाउँदा ५ को स्थिर (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको व्याजदर निरन्तर घटाइरहेका छन् । यसैक्रममा आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका हुन् । 

२० वाणिज्य बैंक मध्ये दुईले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । 

Advertisement

बैंकहरुले आज प्रकाशित गरेका सूचना अनुसार असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ ।  

साउनका लागि कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाउँदा नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डण्र्ड चार्टर्डले स्थिर राखेका छन् ।

एनएमबी र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर ७.५३ प्रतिशत कायम गरेका छन् । 

कुन बैंकको ब्याजदर कति ?  

undefined

Advertisement

Advertisement