राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । 

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, वडा नः ४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका वडा नः ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरु गरेको हो । 

Advertisement

यी कार्यालयहरु सञ्चालनमा आएपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ ।  साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 
 

Advertisement