पूँजी बजारप्रति सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि पहल गर्छुः अर्थमन्त्री पौडेल

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारप्रति आफू सकारात्मक रहेको बताएका छन् । उनले यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता पनि जनाए । 

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा बधाई ज्ञापन गर्न गएको एशोसिएसनका पदाधिकारीहरुसँग अर्थमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् । 

Advertisement

सिंहदरबार स्थित अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे । 
 

Advertisement

Advertisement