विद्युतीय सवारी किन्दा एनएमबि बैंकबाट ७ वर्षसम्म स्थिर ब्याजदरमा कर्जा पाइने

Advertisement

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत  निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । 

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम  ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

Advertisement

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्ने छन् । 

बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
 

Advertisement