म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा खादामाला प्रयोग नगर्न प्रधानमन्त्री ओलीको अनुरोध

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् ।

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत हुने बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

आफू प्रधानमन्त्री भइसकेपछि शुभकामना र बधाईका सन्देश आइरहेको भन्दै यस्तो स्टाटस राखेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा खादामाला प्रयोग नगर्न अनुरोध गरेका छन् ।

'विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु ।'

Advertisement

Advertisement