‘नागरिकता लिएर आउनुस, सामसङको रु. दुई लाख बढी मूल्यको नयाँ मोवाइल किस्तावन्दीमा लैजानुस्’

Advertisement

काठमाडौं । ग्लोबल अनप्याक्डपछि , सामसङ नेपालले पनि ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी यस कुराको घोषणा गरिएको हो । 

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले यी सिरिजको अनावरण गरे । ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् भन्दै सामसङ नेपालले सिधा एड्जहरूसँग पूर्णरूपमा सममित डिजाइनका साथ आउने बताएको छ । 

Advertisement

ग्यालेक्सी जेड फोल्ड ६ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै  प्राकृतिक बार–टाइप भिउइङ एक्सपिरिएन्स प्रदान गर्ने जनाइएको छ । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि रहेको भन्दै सामसङ नेपालले डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको बताएको छ । 

ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि रहेको जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको कम्पनीको भनाई छ । ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित रहेको र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्ने सामसङ नेपालको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्ने भन्दै कम्पनीले ग्यालेक्सी जेड फोल्ड६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गरेको बताएको छ ।

यसमा रहेको नोट असिस्टले प्रयोजकर्ताको मिटिङ नोटहरू अनुवाद, संक्षेप र अटो फर्मेट गर्न, पीडीएफ फाइलहरूमा टेक्स्ट अनुवाद गर्न सक्छ भन्दै सामसङ नेपालले यसमा रहेको अर्को विशेषता कम्पोजरले इमेल र समर्थित सोसल मिडिया एपहरूको लागि साधारण कि–वर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्ने बताएको छ ।

सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्णरूपमा एकीकृत भएको बताउँदै कम्पनीले यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउने बताएको छ । थप रूपमा, अनुवादक अब न्यु कन्भरसेसन मोडको साथ आउने, जसले दुवै पक्षहरूलाई थप नेचुरल अन्तरक्रियाहरूका लागि प्रमुख र कभर स्क्रिनहरूमा अनुवादहरू सहज रूपमा गर्न दिने् विज्ञप्तिमा उल्लेख छ ।

प्रोफेसनल–ग्रेड कन्टेन्ट सहज रूपमा सिर्जना गर्न मोवाइल प्रयोगकर्ताले फोटो असिस्ट पनि प्राप्त गर्नेछन् । पोर्ट्रेट स्टुडियोबाट थ्रीडी कार्टुन वा वाटर कलर जस्ता विभिन्न पोर्ट्रेट शैलीहरूमा सिर्जना गर्ने थप रचनात्मक सम्भावनाहरू पाउन सकिने भन्दै सामसङले इन्स्ट्यान्ट स्लो–मो फिचरले स्मुद भ्युइङ एक्सपिरिएन्स कायम राख्दै अतिरिक्त फ्रेमहरू उत्पन्न गरेर भिडियोलाई तुरुन्तै स्लो गर्ने क्षमता दिने बताएको छ ।

लामो गेमिङ सेसनहरूको लागि ग्यालेक्सी जेड फोल्ड६ १.६ एक्स ठूलो भेपर चेम्बरको साथ आउने जनाइएको छ । रे ट्रेसिङले यसको ७.६–इन्च स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई सपोर्ट गर्दछ भन्दै कम्पनीले यसले थप इमर्सिभ गेमिङ प्रदान गर्ने र २,६०० नित् सम्मको उज्यालो प्रदर्शन प्रदान गर्ने बताएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘ग्यालेक्सी जेड फ्लिप६ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरूको दायरा प्रदान गर्दछ, जसले गर्दा तपाईँले हरेक क्षणको अधिकतम् फाइदा लिन सक्नुहुन्छ । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा, तपाईँले डिभाइस नखोलेर नै एआई–असिस्तेड कार्यहरू प्रयोग गर्न सक्नुहुन्छ । तपाईँले सजेस्तेड रिप्लाईजद्वारा टेक्स्टहरूको जवाफ दिन सक्नुहुन्छ, जसले तपाईंको नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ ।’ 

फ्लेक्सविन्डोले सामसङ हेल्थको अपडेटहरू र सूचनाहरूको एक्सेस प्रदान गर्ने र म्युजिक विजेटबाट सुन्न चाहको ट्र्याक छान्ने काम पनि गर्न दिने भन्दै कम्पनीले फ्लेक्सविन्डोले पहिलेभन्दा धेरै विजेटहरू प्रदान गर्ने, एकै साथ धेरै विजेटहरूबाट जानकारी जाँच गर्न दिने, एआई–संचालित फोटो एम्बियन्टको साथ, समय र मौसमको आधारमा आफ्नो वालपेपर वास्तविक समयमा परिवर्तन गर्न सक्ने बताएको छ ।

ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर अफरहरू साउन २ देखि १५सम्म मान्य रहने बताउँदै सामसङ नेपालले यसरी अर्डर गर्दा पाँच हजार ४९९ मूल्यको सिलिकन केस र १२ हजार २९९ मूल्यको एस पेन केस उपहार प्राप्त हुने जानकारी दिएको छ । पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्छन्  जसमा १७ जीबी डाटा, ४९९ मिनेट कल, ४९९ एसएमएस प्रत्येक महिना ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सकिन्छ । 
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षको लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध हुने जनाइएको छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपियाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको जनाइएको छ । 

ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी)को मूल्य एक लाख ५४ हजार ९९९ रुपियाँ, ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी)को मूल्य दुई लाख ३४ हजार ९९९ रुपियाँ र ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी)को मूल्य दुई लाख ४९ हजार ९९९ रुपियाँ कायम गरिएको छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले देशभर कै सामसङ आधिकारिक स्टोरबाट शुन्य प्रतिशत ब्याज दरमा ग्यालेक्सी जेड फोल्ड मासिक छ हजार ८५४ किस्ताबन्दीमा र ग्यालेक्सी जेड फ्लिप६को मासिक चार हजार ५२१ रुपियाँ किस्ताबन्दीमा फोनहरु प्राप्त गर्न सक्नेछन् । 

आफूहरुले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको बताउँदै एउटा नागरिकताको प्रतिलिपि लिएर आएपछि सहजै यो फोन किस्तावन्दीमा खरीद गर्न सकिने कम्पनीको भनाई छ । 
 

Advertisement

Advertisement