परिस्कृत ब्याट्री र टर्चसहित एभरेडीको नेपालमा बजार विस्तार

Advertisement

काठमाडौं । नेपालमा चिरपरिचित एभरेडी ब्याट्रीले आफ्नो परिस्कृत संस्करणसहित नेपालमा बजार विस्तारको घोषणा गरेको छ ।  

एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेड नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो । यसले आफ्नो पछिल्लो आविष्कारहरु बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गर्यो । 

Advertisement

कम्पनीले नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको हो । यी उत्पादनहरुले आफ्नो उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको एभरेडीको भनाई छ । 

नयाँ अल्टिमा श्रृंखलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने जनाइएको छ । साथै, यी ब्याट्रीहरु आठ सय प्रतिशत लामो कार्यसम्पादन दिने कम्पनीको भनाई छ । खेलौना, भिडियो गेम र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा यो ब्याटी्र डिजाइन गरिएको भन्दै कम्पनीले अल्कालाइन् प्रविधिमा यो उत्कृष्टताको प्रमाण भएको बताएको छ । 

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चमा सय डेसिबल एसओएस अलार्म, युएसबी टाइप–बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँकने विशेषताहरु रहेका छन् जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको जनाइएको छ । अल्टिमा ब्याट्री पारो, शिशा र क्याडमियम जस्तो वातवरणमा नकारात्मक असर पार्ने तत्वहरुबाट मुक्त रहेको भन्दै कम्पनीले साइरन टर्च महिलाहरुको सुरक्षा सुनिश्चित् गर्न र आपतको समयमा उनीहरु आवाज उठाएर सशक्त बनाउन तयार पारिएको बताएको छ । 

Advertisement