माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा, कस्ता छन् विशेषता ?

Advertisement

काठमाडौं । विश्वकै प्रसिद्ध घरायसी उपकरणहरु निर्माण गर्ने कम्पनी माइडियाको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप बजारमा भित्राएको छ । 

यी नयाँ उत्पादनले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । आधुनिकता र सफाई एकसाथू कम्पनीको मुख्य उद्देश्य रहेको सिजीको भनाई छ । 

Advertisement

सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । त्यसमध्ये ९०एम२१–टी मा ९० सेन्टिमिटरको सेल्ड कुकर हुड, तीन फिल्टर र पाँच तहको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, तीन वाटको एउटा एलईडी लाइट जस्ता सुविधा र विशेषता रहेको छ । म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको सीजी इलेक्ट्रोनिक्सको भनाई छ । 

अर्को मोडेल ९०भी११ मा ९० सेन्टिमिटरको कभ्र्स कुकर हुड, अटो हिट क्लिन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, दुई वटा एलईडी लाइट्स रहेका छन् । ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको कम्पनीको भनाई छ ।

ऋाफूहरुको ग्यास होबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएको बताउँदै सीजीले ७५जीटी५०३ मोडलमा तीन वटा बर्नर ग्यास हब आठ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, तीन मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, तीन ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडर रहेको जानकारी दिएको छ । 

यस्तै, मोडेल ८०जीएम छण्घ मा चार वटा बर्नर ग्यास होब आठ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिशन, चार मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, तीन ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडर रहेका छन् । 

त्यस्तै, माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध रहेको सीजी इलेक्ट्रोनिक्सको भनाई छ । मोडेल टी२११जीमा दुई वटा बर्नर ग्यास कुकटप, ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ भने मोडेल टी२११एमएममा दुई वटा बर्नर ग्यास कुकटप, स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ । 

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हो भन्दै कम्पनीले शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको बताएको छ । 

Advertisement