‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्ट्रिमर उपहार पाउनुहोस्’ अफर सुरु

Advertisement

काठमाडौं । पछिल्लो समय ग्राहकमाझ लोकप्रियताका साथ विस्तार हुँदै गएको डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्ट्रिमर उपहार पाउनुहोस्’ अफर सुरु गरेको छ । 

आज (शुक्रबार)देखि सुरु भएको यो योजना सीमित अवधिका लागि भएको कम्पनीको भनाई छ । युरो कप २०२४ सिजनमा ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न सुरु भएको यो अफर २४ महिनाको लागि २०० सय एमबीपीएस, ३०० एमबीपीएस र सोभन्दा धेरैको प्याकेज खरीद गरी नयाँ कनेक्सन जडान गर्ने तथा नवीकरण गर्ने दुवै सब्सक्राइबरका लागि हो ।

Advertisement

यो प्याकेज खरीद गर्ने ग्राहकले डिशहोम फोरके स्ट्रिमर निःशुल्क प्राप्त गर्न सक्नेछन् । प्याकेज खरीद गर्ने ग्राहकले डिशहोम गो एपमार्फत सोनी स्पोर्टस नेटवर्कमा युरो कप निःशुल्क प्रत्यक्ष प्रसारण हेर्नसक्नेछन् । 

डिशहोम फोरके स्ट्रिमरले क्रिष्टल क्लियर भिजुअल र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै फोरके रेजोल्युसनलाई समर्थन गर्दछ । यसका मुख्य विशेषताहरुमा १६० भन्दा बढी लाइभ च्यानल, दुई सयभन्दा बढी मुभी, सयभन्दा बढी ड्रामा, २० भन्दा बढी रियालिटि सो, गुगल एसिस्टेन्स, डल्बी अडियो, गेमिङ, डल्बी अडियो आदि छन् ।  
 

Advertisement