मुद्दती निक्षेपमा ३३ करोड रुपियाँ लगानी गर्दै वैदेशिक रोजगार बोर्ड

Advertisement

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

बोर्डले एक वर्षे अवधिका लागि ३३ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

Advertisement

वैदेशिक रोगार कल्याणकारी कोषका विभिन्न बैंकको मुद्दती खातामा रहेको रकम यही साउन ११ गते परिपक्व हुँदैछ । सो रकम पुनः लगानी गर्ने बोर्डले जनाएको छ । 

मुद्दती निक्षेपमा लिन इच्छुक राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम तथा सोको ब्याजदरलगायत अन्य विवरण खुलाई साउन ९ गतेसम्म बोर्डको सचिवालयमा गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । 

पेस भएका शिलबन्दी साउन १० गते मध्यान्ह १२ खोलिनेछ । 

undefined

Advertisement

Advertisement