एसिसी महिला एसिया कप : नेपाल र युएई भिड्दै

Advertisement

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपाल भिड्दै छ ।

श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

Advertisement

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ ९विकेटकिपर० पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

Advertisement