श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार प्रकट

Advertisement

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को नेपाल निर्देशक नुमान ओज्कानले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।  

श्रम मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

Advertisement

 सो क्रममा श्रममन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’ मा निर्वाचित भएकामा बधाई दिएका थिए । 

Advertisement

Advertisement