एनआईसी एसियाको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक समूहअन्तर्गत एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले आज (आइतबार) देखि बैंकको नाममा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

प्रतिकित्ता न्यूनतम मूल्य ३४८ रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न पाउनेछन् । खरिद गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

शेयर खरिद गर्न इच्छुकले साउन १३ गतेभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बोलकबोलमार्फत गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 

साथै, संस्थाले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको जनाएको छ । 

बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । 

undefined


 

Advertisement

Advertisement