संसदमै पाँच हजार घुस दिएको खुलासा

Advertisement

काठमाडौं । साँसद एवं पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले आफूले पाँच हजार घुस दिएर काम गराएको खुलासा गरेका छन् । 

आइतबार संसदमा बोल्ने क्रममा उनले शिक्षा मन्त्रालयअन्तर्गत साठो ठिमीमा काम गराउने क्रममा आफूले पाँच हजार घुस दिएको खुलासा गरेका हुन् । नेपालको कानुनअनुसार घुस दिने र लिने दुवै दोषी मानिन्छ । 

Advertisement

महतोले भने, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ । म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु । कसले पत्याउने त्यो कुरा । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ । म आफैँ गए । एउटा अधिकृतले यो कागज मिलेको छैन भन्यो । मेरो चिया खाने टाइम भयो भनेर जानुभयो । चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपियाँ दिए । म बसिरहे । पाँच मिनेटमा काम गरेर ल्याए ।’ 

उनले देशमा भ्रष्टाचार र बिचौलियाले तलसम्म जरो गाडेको बताए । संविधान पूर्ण नरहेकाले संशोधन गरेर जानुपर्ने बताउनु भयो । महतोले अहिले संविधान संशोधनको बेला आएको भन्दै सबै राजनीतिक दल मिलेर जनतालाई माथि राखेर संशोधन गरेर जानुपर्ने बताए । 

उनले संविधानमा उल्लेख भएको मौलिक अधिकार अझै पूरा नगर्नुले जनतामा निराशा छाएको बताए । महतोले भने, ‘यो संविधानमा उल्लेख भएको मौलिक अधिकारभित्र पर्ने जुन अधिकार छ, जनताको । के जनताले पायो त आजसम्म । उसले वच्छ खानेपानी पाउनसक्यो ? स्वास्थ्य, शिक्षामा के सुधार गरेका छौँ । कृषकलाई सिंचाई, समयमा खादमल दिनसक्छाँै । जनतालाई दिनप्रतिदिन चाहिने कुरा हामीले दिनसकेका छैनौँ, त्यतिबेला आएर हाम्रो देशको जिडिपी यति बढाउनेछौँ, यतिलाई रोजगारी सिर्जना गर्नेछौँ भन्ने भ्रम होइन ?’

Advertisement

Advertisement