सिद्धार्थ बैंकको ७२.९२७ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी चंचलदेवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यो शेयर जोकही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाएको थियो । तर, तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । 


इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement