एभरेष्ट बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग, लामो समय सेवा गर्ने कर्मचारीहरु सम्मानित

Advertisement

कठमाडौं । एभरेष्ट बैंकले ३०औं वार्षिकोत्सव बिहीबार मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरmमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । 

Advertisement

३०औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोडको आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालाू लाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौं कोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट बैंकले सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement