निफ्राको नाफा र आम्दानी दुवै घट्यो, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आम्दानी र खुद नाफा दुवै घटेको छ । 

बैंकले प्रकाशित गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा आम्दानी र खुद नाफा घटेको हो । 

Advertisement

बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ३३ करोड ५ लाख रुपियाँ खुद नाफा आर्जन गरेकामा अघिल्लो आवमा १ अर्ब ४१ करोड ५२ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा यो ५.९८ प्रतिशतले कम हो । 

एक वर्षको अवधिमा कम्पनीको बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर दुई अर्ब ५४ करोड ९७ लाख रुपियाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी दुई अर्ब ७२ करोड ६० लाख रुपियाँ रहेको थियो । 

त्यस्तै, खुद फी तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि ६.८६ प्रतिशत र सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३९ पैसा घटेर ६.१६ रुपियाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ ११३.७० रुपियाँ र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३.२७ रुपियाँ छ ।

२१ अर्ब ६० करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा भने २ अर्ब ९५ करोड ८८ लाख रुपियाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement