धारिलो हतियार प्रयोग गरी पूर्वराज्यमन्त्री रायको हत्या

Advertisement

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा घरभित्रै अज्ञात समूहले उनको हत्या गरेको हो ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

 

Advertisement