मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजस्व संकलन

Advertisement

झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बंगलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।

मेची भन्सार कार्यालयको तथ्यांकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा  ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार  बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

Advertisement

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १०.७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

गत आवमा पेट्रोलियम पदार्थ ४.५१ प्रतिशत, जुट ७.२५ प्रतिशत, जिप्सम ६.५७ प्रतिशत, तरकारी १७.८५ प्रतिशत, अलडिड रेजिन ५.६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । मेसिनरी उपकरण ६६.१० प्रतिशत, दाल १८.६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३०.३४ प्रतिशत र फलाम २२ प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार २५३.९७ प्रतिशतले बढ्दा प्लाइउड ५५.३८ प्रतिशत, छुर्पी २९.७९ प्रतिशत, अम्रिसो ३०.१२ प्रतिशत, अदुवा–सुठो २१.६८ प्रतिशतले निर्यात बढेको छ ।

अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व संकलन गरेको छ ।

Advertisement

Advertisement