आजको मौसम : यी स्थानमा छ चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । देशभर साधारणतयादेखि पूर्णतया बदली रहँदा अहिले बागमती र गण्डकीका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  

Advertisement

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement